Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • इटलीकाे २० वटै प्रान्तमा आपतकालको घोषणा

    इटलीकाे २० वटै प्रान्तमा आपतकालको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि इटलीले मुलुकभर आपतकालको घोषणा गरेको छ । भाइरसको प्रकोप बढेसँगै यसअघि केही क्षेत्रमा लागू गरिएको आपतकालीन अवस्थालाई मुलुकभर विस्तार गरिएको हो । अहिले घोषणा गरिएअनुसारको आपतकालीन अवस्थामा भ्रमण, तथा सार्वजनिक भेलामा समेत मुलुकभर प्रतिबन्ध लगाइएको छ ।

    कोरोना भाइरसको संक्रमणबाट चीनपछि इटलीमा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ। गत वर्षको अन्त्यतिर चीनको हुबेइ प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा अहिलेसम्म २ सय ३३ संक्रमितको मृत्यु भएको हो।



    इटालीमा संक्रमित हुने संख्या पाँच हजार ८८३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। अहिले इटालीमा पर्यटक प्रवेशमा रोक लगाइसकेको छ। इटालीको भेनिस सहरको क्यानल पूरै खाली भएको छ। यहाँ सधैँभरी मानिसहरू भेला हुने गरेका थिए।



    सोमबार मात्र इटलीमा कोरोना भाइरसबाट ९७ जनाको ज्यान गएको थियो । र, आइतबारयता नयाँ संक्रमितको संख्या पनि २४ प्रतिशत बढेको छ ।चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुक इटली हो । इटलीको सबै २० प्रान्तमा यो भाइरसको संक्रमण देखिएको छ ।

    सरकारले राति अबेरसम्म नबस्न र रातको समयमा पार्टी नगर्न निर्देशन दिएको छ । सरकारको निर्णयविरुद्ध इटलीका विभिन्न जेलमा हिंसा भड्किएको छ । यस क्रममा केही मानिसहरुको ज्यान पनि गएको छ भने केही कैदीहरु जेलबाट भागेका छन् ।

    सोमबार प्रधानमन्त्री ग्युसेपे कोन्टेले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र कुनै महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् । इटलीसँग धेरै रहेको नभएको भन्दै उनले मुलुक कोरोना भाइरसबाट बचाउन यस्तो गर्नुपरेको बताए ।

    त्यस्तै भारत र दक्षिण कोरिया पनि संक्रमणको संख्यामा वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । यसबाहेक, संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या १९ पुगेको छ । अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरुभएपछि केह्री राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।

    खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा। टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार