काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । चार दिनयता स्थिर रहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार फागुन २३ गते अर्थात गत शुक्रबार छापावाल सुन तोलामा ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य ८८० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो । यसअघि सोमबार ८९० रुपैयाँमा कारोबार भएको थियो ।
Leave a Reply