Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आगामी तीन दिनको मौसम कस्ताे छ?

    आगामी तीन दिनको मौसम कस्ताे छ?

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालमा पश्चिमी वायूको प्रभावका कारण केही दिन मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    विभागले पूर्वी तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।



    विभागले आगामी तिन दिनको मौसमको पूर्वानमान जारी गर्दै आज विहान देशको केही पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।



    आगामी तीन दिनको मौसम पूर्वानुमान

    फागुन २७ गते (मंगलबार)

    दिउँसोः देशभर आंशिक बदली रहनेछ । अपरान्ह पछि पूर्वी तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

    रातिः देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

    फागुन २८ गते (बुधबार)

    दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

    रातिः देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

    फागुन २९ गते (बिहिबार)

    दिउँसोः देशभर आंशिक रहनेछ। पहाडी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

    रातिः देशभर आंशिक रहनेछ। पहाडी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार