Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • भारतको मध्यप्रदेशमा राजनीतिक उथलपुथल, २० मन्त्रीले दिए राजीनामा

    भारतको मध्यप्रदेशमा राजनीतिक उथलपुथल, २० मन्त्रीले दिए राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    एजेन्सी । भारतको मध्य प्रदेशमा ठूलो राजनीतिक उथलपुथलको संकेत देखिएको छ । मध्यप्रदेशका २० जना मन्त्रीले एकैसाथ राजीनामा दिएका छन्। मन्त्रीहरुले एकैसाथ राजीनामा दिएपछि राजनीतिक शक्ति समिकरणमा ठूलो परिवर्तनको संकेत देखिएको हो ।

    सोमबार भारतीय काँग्रेस बरिष्ठ नेता ज्योतिरादित्य सिंधिया समर्थक मन्त्री र विद्यायकसहित २० जनाको टोली गोप्य रुपमा बेंगलुर पुगेर राजनीतिक शक्ति समीकरणको अभ्यासमा लागेपछि ठूलै राजनीतिक भूकम्प जाने अनुमान मध्यप्रदेशको राजनीतिक बृत्तमा गरिएको भइरहेकाे छ।



    साेमबार अबेर राति मुख्यमन्त्री कमलनाथद्वारा बोलाइएको मन्त्रिपरिषद बैठकमा ती मन्त्रीहरुले राजीनामा बुझाएका छन् । यो बैठक सरकारमाथि आएको संकटका विषयमा छलफल गर्न बोलाइएको थियो । राजीनामा दिएका सबै मन्त्रीहरु कमलनाथ पक्षका हुन् । सिंधिया गुटका ६ मन्त्रीसहित १७ विधायकहरु सरकार ढाल्ने कसरतमा जुटेको हल्ला चलेको थियो । ती २० मन्त्रीको दिउँसोदेखि उनीहरुको फोन बन्द छ भने कसैसँग सम्पर्क हुन नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



    राजीनामा दिएका मन्त्रीहरुले मुख्यमन्त्रीलाई विवेक प्रयोग गरेर मन्त्रिमण्डल पुनर्गठन गर्न आग्रह गरेका छन् । उनीहरुले सरकारलाई अस्थिर बनाउने भारतीय जनता पार्टीको षड्यन्त्रलाई सफल हुन नदिने बताएका छन् ।

    मुख्यमन्त्री कमलनाथले सोमबार दिल्लीमा काँग्रेस अध्यक्ष सोनिया गान्धीसँग छोटो भेट गरेका छन् । यो भेटमा अध्यक्ष गान्धीले राज्यसभा चुनाव र मन्त्रिपरिषद विस्तारको सन्दर्भमा निर्देशन प्राप्त भएको बताएका छन् ।

    राजनीतिक घटनाक्रमलगत्तै भोपालमा मुख्यमन्त्री कमलनाथले आपतकालीन बैठक बोलाएर छलफल चलाएका छन् । बैठकमा बरिष्ठ नेता दिग्विजय सिंह लगायतका नेताहरुको सहभागिता रहेको थियो । बैठकमा कमलनाथलाई समर्थन गर्ने विद्यायकहरुको पनि सहभागिता रहेको थियो । मुख्यमन्त्री कमलनाथलाई मन्त्रिपरिषद गठन गर्ने र आवश्यकताअनुसार मन्त्री छनौट गर्ने स्वतन्त्रता दिइएको छ । काँगेस पार्टीभित्र देखिएको यो हलचलसँगै भारतीय जनता पार्टीले पनि सक्रियता देखाएको छ । सो पार्टीले पनि मंगलबार विद्यायक दलको बैठक बोलाएको छ ।

    मध्यप्रदेशमा १६ मार्चमा बजेट सत्र र २६ मार्चमा राज्यसभा चुनाव हुँदैछ । बीजेपीले बजेट सत्रमा सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव पेश गर्ने सम्भावना देखिएको बताइएको छ । यसले गर्दा कमलनाथ नेतृत्वको सरकारलाई निकै ठूलो चुनौतीको सामना गर्नुपर्ने देखिएको भारतीय सञ्चारमाध्याहरुले जनाएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार