Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • इरानमा ७० हजार कैदी छाडिए

    इरानमा ७० हजार कैदी छाडिए

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । चीनबाट सुरु भइ विश्वभर फैलिरहेकाे कोरोनाको संक्रमणका कारण इरानमा ७० हजार कैदीहरुलाई छाडिएका छन् । ती कैदीहरुलाई अस्थायी रुपमा मात्रै छाडिएका हुन् ।

    अहिले इरानमा कोरोनाभाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भइसकेको छ भने ७ हजार १ सय ६१ जनामा संक्रमण देखापरिसकेको छ । त्यसो त संक्रमितमध्ये २ हजार ३ सय ९४ जना निको पनि भइसकेका छन् ।



    उता इटालीको उत्तरी क्षेत्रमा पर्ने लोम्बार्डी र अन्य भागहरुमा गरेर १ करोड ६० लाख मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म इटालीमा ३६६ जनाको मृत्यु भइसकेको छ भने देशभरिमा ७ हजार ३ सय ७५ जना मानिसहरुलाई यसको संक्रमणले गाँजेको पुष्टि भइसकेको छ । तीमध्ये ६२२ जना चाहिँ निको भइसकेका पनि छन् ।



    उता चीन र कोरियामा भने यो भाइरसको संक्रमण घट्दै गइरहेको तथ्यांकहरुले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, अहिलेसम्म संसारभरिमा कोरोनाभाइरस संक्रमणका कारण ३८ सय मानिसहरुको मृत्यु भइसकेको छ भने १ लाख १० हजार जना जतिलाई संक्रमणको शिकार बनिसकेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार