Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • युरोपेली मुलुकमा पनि ‘अन अराइभल’ प्रतिबन्ध

    युरोपेली मुलुकमा पनि ‘अन अराइभल’ प्रतिबन्ध

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले कोरोना प्रभावित युरोपेली मुलुकहरु स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि ‘अन–अराइभल’ भिसा नदिने भएको छ । थप तीन देशसहित कुल आठ मुलुकका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय भएको अध्यागमन कार्यालयले जनाएको छ ।

    सरकारले अघिल्लो साता कोरोना भाइरसको संक्रमण बढ देखिएका पाँच देश चीन, इरान, दक्षिण कोरिया, जापान र इटालीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको थियो ।



    यी देशका नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदा सम्बन्धित देशका नेपाली दूताबास वा नियोगमा स्वस्थ रहेको प्रमाणपत्र बुझाएर भिसा लगाउनुपर्छ ।



    यता कतारले नेपाली नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसबाट नेपाली कामदार कतारमा कामका लागि जान पाउने छैनन् भने कतारबाट आउने रेमिट्यान्स आप्रवाहमा पनि असर पर्ने देखिन्छ । यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार