Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • विप्लव समूहका बारा जिल्ला इन्चार्ज पक्राउ

    विप्लव समूहका बारा जिल्ला इन्चार्ज पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    वीरगञ्ज । प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बारा जिल्ला इन्चार्ज पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्णप्रसाद पगेनीका अनुसार
    विप्लव समूहका बारा जिल्ला इन्चार्ज ईन्द्रबहादुर नकडोलीलाई फागुन २५ गते गते आइतबार बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित जीतपुर बजारबाट पक्राउ गरिएको हो।



    हेटौंडा उपमहानगरपालिका–१६ बस्ने ४१ वर्षीय नकडोली विप्लव समूहको बारा जिल्ला ईन्चार्ज तथा नारायणी ब्युरो सदस्य रहेको प्रहरीको दाबी छ ।



    प्रहरीले नकडोलीको साथबाट सवार बा२७प १९९१ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीकोे ६ थान मोबाइल र ६ थान नेपाल टेलीकमको सिमकार्ड समेत बरामद गरेको जनाएको छ ।

    त्यसैगरी प्रहरीले नकडोलीको साथबाट अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिको अपिल लेखेको पर्चा पप्पलेट ५०० प्रति, २५ औ जनयुद्ध दिवस मनाऔं भन्ने व्यहोराको केन्द्रीय कार्य समितिको पर्चा पम्पलेट ३०० प्रति, पार्टी सम्बन्धी किताब २ थान र केन्द्रीय कार्य समितिको सदस्यता वितरण फारम २ प्रति समेत बरामद भएको बारा प्रहरीले जनाएको छ ।

    नकडोली गत पुष १५ गते राति साढे ११ बजे बारा जितपुर सिमरा–१६ मा रहेको एनसेलको टावरमा आगजनी गर्ने घटनामा संलग्न रहेकोप्रहरी अनुसन्धानमा खुलेको छ ।

    नकडोलीविरुद्ध आपराधिक उपद्र मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार