Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • एकै पटक २० प्रतिशतले घट्यो कच्चा पेट्रोलियम पदार्थको मूल्य

    एकै पटक २० प्रतिशतले घट्यो कच्चा पेट्रोलियम पदार्थको मूल्य

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) र उसका सहयोगी मुलुकको बीचमा तेल उत्पादन कटौतीबारे सम्झौता हुन नसकेपछि साउदीले एकतर्फी रुपमा तेलको भाउ घटाएको छ ।

    साउदीको नयाँ मूल्य अनुसार विश्व बजारमा कच्चा तेलको भाउ सोमबार २० प्रतिशतभन्दा बढीले घटेको हो । साउदी अरेबियाले एकतर्फी रुपमा घरेलु बजारमा तेलको भाउ घटाएसँगै सोमबार तेलको भाउमा ठूलो कमी देखिएको हो ।



    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अहिले साउदी आफ्नो तेल उत्पादन पनि बढाउने तयारीमा रहेको छ । यसले तेल उत्पादक मुलुकको बीचमा मूल्यको युद्ध हुनसक्ने आशंका बढेको छ ।



    यो समाचार तयार पार्दासम्म पाँच बजे ब्रेन्ट कच्चा तेलको भाउ अघिल्लो दिनको तुलनामा प्रतिब्यारेल २२ दशमलव ०५ प्रतिशत घटेर ३५ दशमलव २९ डलरमा आइपुगेको छ ।

    त्यस्तै अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेलको भाउ पनि प्रतिब्यारेल २२ दशमलव ८२ प्रतिशत घट्दै ३१ दशमलव ८६ प्रतिशतमा आइपुगेको छ ।

    ओपेक र उसका सहयोगी मुलुकको बीचमा अत्यधिक उत्पादनको समस्याबारे विवाद देखिएको थियो । तेल उत्पादक मुलुकमध्ये साउदी अरेबियाको लागत सबैभन्दा कम छ ।

    त्यसैले पनि उसले तेलको भाउ घटाउँदै उत्पादन बढाउने निर्णय गरेको हो । तर, यसको असर समग्र तेलको बजारमा परेको हो ।

    साउदी अरेबियाले शनिबार तेल विक्री गर्दा उल्लेख्य छुट दिने र तेल उत्पादन दैनिक १ करोड ब्यारेलभन्दा बढी पुर्‍याइने बताएको थियो । अहिले साउदी अरेबियाले दैनिक ९७ लाख ब्यारेल तेल उत्पादन गर्दै आएको छ । तर, उसको तेल उत्पादन क्षमता दैनिक १ करोड २५ लाख ब्यारेल छ ।

    यसअघि नै तेलको भाउ चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण कमजोर बन्न पुगेको अवस्थामा तेल उत्पादक मुलुकबीच बढेको तनावले तेलको भाउ घट्नमा अझै ठूलो सहयोग गरेको हो । विश्लेषकहरुले तेलको भाउ अझै कमजोर बन्नसक्ने भन्दै चेतावनी दिइसकेका छन् । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार