Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अष्ट्रेलियामा कोरोना लागेका नेपालीका चार जना साथी क्वारेन्टाइनमा

    अष्ट्रेलियामा कोरोना लागेका नेपालीका चार जना साथी क्वारेन्टाइनमा

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थीमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको क्यानबेरास्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

    अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा गएका उनलाई कोरोना लागेको हो ।



    नाम गोप्य राखिएको उनलाई अस्पताल भर्ना गरिएको छ भने अपार्टैमेन्टमा उनीसँगै बस्ने चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।



    यद्यपी अहिलेसम्म ती चार जनामा भने कोरोनाको संक्रमण नदेखिएको बताइएको छ ।

    ती नेपाली विद्यार्थी फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट गएको बताइएको छ । अहिले उनको स्वास्थ्य स्थितिमा सुधार आएको बनाइएको छ ।

    उक्त विषयमा राजदूतावासले नेपाली सोसाइटी अफ तास्मानिया र गैरआवासीय नेपाली संघ, तास्मानियासँग समन्वयन गरिएको बताएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार