Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अस्पतालले किन अझै तोक्न सकेन प्रधानमन्त्री ओलीको ‘डिस्चार्ज डेट’ ?

    अस्पतालले किन अझै तोक्न सकेन प्रधानमन्त्री ओलीको ‘डिस्चार्ज डेट’ ?

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । गत बुधबार दोस्रो पटक मृगौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको चिकित्सकहरुले बताइरहेका छन् ।

    चिकित्सकहरुले प्रधानमन्त्री ओलीले नियमित खानपान, हिडडुल र व्यायामलाई निरन्तरता दिएको पनि बताएका छन्। तर, उनीहरुले प्रधानमन्त्री ओलीको डिस्चार्ज गर्ने समय भने अहिले नै भन्न नसकिने बताएका छन्।



    त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले आज पत्रकार सम्मेलनमार्फत नियमित रुपमा चेकजाँच भइरहेको र डिस्चार्ज कति दिनपछि हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताए।



    यद्यपी अस्पताल स्रोत भने प्रधानमन्त्री ओली बुधबारसम्म डिस्चार्ज हुने बताउँछ । अस्पतालबाट डिस्चार्ज नभएसम्म कसैलाई पनि भेट्न नदिने चिकित्सकहरूले बताएका छन्।

    यस अघि प्रधानमन्त्री ओलीको पहिलो पटक भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार