Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • सरकारले थप तीन देशमा लगायाे अनअराइभल भिसामा रोक

    सरकारले थप तीन देशमा लगायाे अनअराइभल भिसामा रोक

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । चीनबाट सुरु भइ विश्वव्यापी महामारी बनेको कोरोना भाइरसप्रति सचेत हुँदै सरकारले थप तीन वटा देशका नागरिककाे लागि अनअराइभल भिसामा रोक लगाएको छ ।

    संभावित संक्रमण रोक्न भन्दै सरकारले जर्मनी, फ्रान्स र स्पेनका नागरिकलाई विमानस्थलमै प्रदान गरिँदै आएको अनअराइभल भिसामा रोक लगाएको हो ।



    अघिल्लो हप्ता मात्रै सरकारले जापान, चीन, हङकङ, इरान, इटाली र दक्षिणका नागरिकलाई प्रदान गरिँदै आएको अनअराइभल भिसामा रोक लगाएको थियो ।

    अध्यागमन विभाग स्रोतका अनुसार जर्मनी, फ्रान्स र स्पेनमा पनि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेका कारण अनअराइभल भिसामा अस्थायी रोक लगाउने निर्णय गरिएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार