Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • नक्कली सरकारी कागजात बनाउने प्रहरीकाे फन्दामा

    नक्कली सरकारी कागजात बनाउने प्रहरीकाे फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 1.8K
    SHARES

    फाइल तस्विर

    पर्सा । नक्कली सरकारी कागजात बनाउने एक ब्यक्ति प्रहरीकाे फन्दामा परेका छन्। नक्कली नेपाली नागरिकता, जन्म/मृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने कार्यमा संलग्न बहुदरमाई नगरपालिका-७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले विशेष सूचनाकाे अाधारमा उनलाई वीरगंज महानगरपालिका-१६ नगवा फुलवारीटोलबाट पक्राउ गरेको हो ।



    प्रहरीले उनको साथबाट नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने फारमहरु, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाईसराई, जन्म प्रमाणित लगायत नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न कागजातहरु समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार