Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ट्रम्पसँग हात मिलाएका व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि !

    ट्रम्पसँग हात मिलाएका व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि !

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    वाशिंटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकजना संक्रमित मानिससँग हात मिलाएको भन्ने समाचार सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमेरिकाबाट प्रकाशित हुने वाशिंटन पोष्ट अखबारले जनाएअनुसार मेरील्याण्ड राज्यको अक्सन हिलमा भएको एक सभामा ट्रम्पले कोरोना भाइरसका संक्रमितसँग हात मिलाएका हुन् ।

    समाचारमा जनाइएअनुसार कन्जरभेटिभ पोलिटिकल एक्शन कन्फ्रेन्स (सिपीएसी) को सभामा ट्रम्पसँग हात मिलाएको भनिएका व्यक्तिमा पछि कोरोना भाइरसको संक्रमण देखा परेको थियो ।



    ती संक्रमितको न्यू जर्सी राज्यको एक अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । ट्रम्पसँग हात मिलाउनेबाहेक उक्त सभामा सहभागी अर्का एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखा परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उक्त सभामा अमेरिकी राष्ट्रपति ट्रम्पसहित उपराष्ट्रपति माइके पेन्स समेत सहभागी थिए ।



    गत वर्षको अन्त्यबाट चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोप विश्वका एक सय भन्दा धेरै मुलुकसम्म पुगिसकेको छ ।यसबाट एक लाख ६ हजारभन्दा धेरै संक्रमित छन् भने ३६ सय जनाभन्दा धेरैको मृत्यु भइसकेको छ ।

    कोरोना भाइरस अमेरिकासम्म पनि पुगिसकेको छ । अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म १९ जनाको ज्यान गइसकेको छ । अरु ३० राज्यहरुमा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ ।

    अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरुभएपछि केह्री राज्यहरुमा आपतकाल घोषणा गरिएको छ । खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा। टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार