बारा । नक्कली नेपाली नागरिकता, जन्म र मूत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका बिभिन्न सरकारी कागजातहरु मोटो रकम लिई बनाईदिने गरेका पूर्व गाविस सचिब पक्राउ परेका छन । जिल्ला पर्सा बहुदरमाई नपा.वडा नं.७ रामनगरी बस्ने बिन्दा प्रसाद साहलाई नेपाली नागरिकताहरु बनाइदिएको उनीमाथि आरोप लागेको छ ।
उनले नागरिकता बनाउन प्रयोग हुने फोटो टासी तयारी गरेका अनुसुची १ का फारमहरु, जन्मदर्ता, मुत्यू दर्ता, बिवाह दर्ता, बसाई सराई, जन्म प्रमाणित र सिमकर्डहरु लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न अन्य कागजातहरु सहित साहलाई पर्सा बी।म।न।पा।वडा नं।१६ नगवा फुलवारीटोल स्थितबाट नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply