Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • अब ५ रुपैयाँमै पाइन्छ माक्स

    अब ५ रुपैयाँमै पाइन्छ माक्स

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 4.2K
    SHARES

    काठमाडौं । नोबेल कोरोना भाइरसको संक्रमण विश्वभरी महामारीकै रुपमा फैलिरहेका बेला नेपाली बजारमा भने कालोबजारी शुरु भइसकेको छ । दैनिक उपभोग्य सामानहरु जस्तैः नुन, तेल, ग्यासलगायतको कालोबजारी शुरु भएको हो ।

    त्यसो त सबैभन्दा बढि कालो बजारी भने माक्स र ह्याण्ड सेनेटाइजरमा देखिएको छ । कोरोना भाइरसको संक्रमण केही हदसम्म रोक्नका लागि सबैभन्दा पहिले प्रयोग हुने माक्स र ह्याण्ड सेनेटाइजर नेपाली बजारमा पाउन मुस्किल छ ।



    यसै बेला सरकारले अनुगमनलाई तिव्र त बनाएको छ, तर सामान भने पाइएको छैन । कालोबजारी गर्ने औषधी पसलेहरुलाई कारबाही समेत गरेको अवस्थामा अझै पनि ठूला व्यापारीहरुले दैनिक उपभोग्य सामानदेखि माक्स र ह्याण्ड सेनेटाइजर समेतको अभाव देखाइरहेका छन् ।



    तर, यहि बेला आइएमएस ग्रुपका सञ्चालक दिपक मल्होत्राले भने सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका छन्। मल्होत्राले नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा सातामा ५ लाख मास्क उत्पादन गर्ने सक्ने क्षमताको मेसिन ल्याएर उत्पादन सुरु गर्ने भएका हुन्।

    केही दिनअघि मात्रै चेम्बरले मल्होत्राको संयोजकत्वमा कोरोनाको जोखिम न्यूनीकरणका लागि सरकारलाई सहयोग गर्न कमिटी समेत गठन गरेको थियो।

    सोही कमिटीले दिएको सुझावका आधारमा मल्होत्राले मास्क बनाउने मेसिन नेपाल ल्याउने भएका हुन्। मल्होत्राका अनुसार यहि हप्ताबाट मास्क उत्पादन गर्ने तयारी गरिएको छ ।

    बजारमा देखिएको कालो बजारी र अभावलाई मध्यनजर गर्दै सहुलियत दरमा मास्क उपलब्ध गराउने लक्ष्यसहित काम गर्न थालेको मल्होत्राले बताए ।

    मल्होत्राका अनुसार मंगलबारसम्ममा मास्क उत्पादन गर्ने मेसिन नेपाल आइपुग्छ। मेसिन नआउँदासम्मका लागि आजैबाट निम्बसको सहयोगमा मास्क उपलब्ध गराउन लागिएको उनले बताए ।

    आइएमएस ग्रुप अन्तर्गत २० वटा भन्दा बढि कम्पनी रहेका छन् । आइएमएस नेपालको लागि सामसुङ मोवाइलको राष्ट्रिय स्तरको विक्रेता हो भने कोरिय साङयोङ गाडीको पनि आधिकारीक विक्रेता हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार