Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोनाको बेला होली खेल्न अमेरिकादेखि भारतसम्म

    कोरोनाको बेला होली खेल्न अमेरिकादेखि भारतसम्म

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । विश्वभर फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणका कारण नेपालमाम भने यस वर्षको होलीमा खासै रौनक देखिएको छैन । होली आउनु ३/४ दिन अघि नै काठमाडौंका चोक चोकमा होलिमा रमाउने बच्चादेखि युवाहरु पनि होलीको अघिल्लो दिन आज चुपचाप जस्तै छन् ।

    हुनत प्रशासनले होली नखेल्न आग्रह गरेको छ । पानी खेल्दा कोरोना भाइरसको संक्रमण झन बढ्ने भन्दै प्रशासनले यस्तो आदेश जारी गरेको हो ।



    हुनत नेपालमा आजसम्म एक जनामा पनि कोरोनाको लक्षण देखिएको छैन । तथापी कोरोनाको संक्रमण फैलिएको भारतमा भने होली खेलेका तस्विरहरु आएका छन् ।



    बलिउड अभिनेत्री प्रियंका चोपडाले श्रीमान निक जोनासलाई लिएर होली खेल्नकै लागि भारत आएकी छन् । निकले भारतमा आफ्नो पहिलो होली भन्दै आफ्नो इन्टामा होली खेलेको तस्विर सेयर गरेका छन् ।

    उनले लेखेका छन्–‘मेरो पहिलो होली। धेरै रमाइलो भयो। मेरो दोस्रो घर भारतमा होली मनाँउदा निकै रमाइलो भयो।’

    निक र प्रियंकाको होली पार्टीमा उनीहरुका अलावा कट्रिना कैफलगायत अन्य थुप्रै बलिउड हस्तीहरु उपस्थित थिए। हाेली पार्टी भने ईशा अम्बानी पीरामलले आयोजना गरेकाे बताइएकाे छ ।

    गतवर्ष विवाह गरेका प्रियंका र निक अमेरिकामा बस्दै आएका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार