Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अस्ट्रेलियामा नेपाली युवामा देखियाे कोरोनाको संक्रमण

    अस्ट्रेलियामा नेपाली युवामा देखियाे कोरोनाको संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडाैँ । अस्ट्रेलियामा एक नेपाली युवामा कोरोनाको संक्रमण देखिएकाे छ।

    नेपालबाट अस्ट्रेलिया गएका ती युवामा कोरोनाको संक्रमण देखिएपछि विशेष सर्तकता अपनाइएकाे छ। अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा ती युवाकाे परिचय भने गोप्य राखिएको छ ।



    २० वर्षका ती युवक गत फेव्रवरी २६ मा सिंगापुर र सिड्नी हुदै तास्मानिया पुगेका थिए । शनिवार ती युवकमा कोरोना संक्रमण भएको रिपोर्ट आएको हो ।



    उनको रोयल होवार्ट अस्पतालमा आईसोलेसनमा राखेर उपचार भईरहेको छ । तास्मानियाको जनस्वास्थ्य सेवाका अधिकारीले नेपालबाट आएका ती युवालाई आइसोलेसनमा बस्न आग्रह गरिएको भए पनि उनले त्यसलाई अस्वीकार गरेका थिए । तर बिरामी परेका उनको नमूना परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार