Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राजसंस्था फर्काउन नेकपा माेडलमा राप्रपाको एकता : थापा, राणा र लोहनीको समान हैसियत

    राजसंस्था फर्काउन नेकपा माेडलमा राप्रपाको एकता : थापा, राणा र लोहनीको समान हैसियत

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच अन्ततः एकता गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    लामो छलफलपछि शनिबार राति दुई पार्टी एकता गर्ने सहमतिमा पुगेका हुन् । राजधानीको लाजिम्पाटमा थापा, राणा र लोहनीसहित शीर्ष नेताहरुको छलफलमा सहमति जुटी एकतासम्बन्धी १० बुँदे आधारपत्रमा हस्ताक्षर भएको हो । सहमतीपछि  एकता टुंगो लागेको हो। सहमती अनुसार एकतापछिको राप्रपामा तीनै जना अध्यक्ष रहने छन्।



    जसअनुसार थापा, राणा र लोहनी महाधिवेशनसम्मका लागि अध्यक्षका रुपमा समान हैसियतमा रहनेछन् । यस्तै निर्देशन समिति, केन्द्रीय कार्यासम्पादन समिति र केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता आलोपालो हुनेछ भने यससम्बन्धी व्यवस्थापन केन्द्रीय सचिवालयले गर्नेछ ।



    एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुनेछ भने पार्टीको चुनाव चिन्हको सम्बन्धमा भने ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुने तीन अध्यक्षले हस्ताक्षर गरेको आधारपत्रमा उल्लेख छ ।

    यसैबीच पार्टीको एकता घोषणा आगामी फागुन २८ गते गर्ने बताइएको छ भने एकताको डेढ वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने समझदारी पनि भएको छ ।

    एकीकृत पार्टीको विधान दुबै पार्टीको विधानलाई समेटेर एकीकृत बनाइने छ । तर, पार्टीको मुख्य नीति र सिद्धान्त भने धर्म सापेक्ष हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असलग्न नीति हुने छ ।

    यस्तै पार्टीको वैचारिक आदर्श राष्ट्रियता, प्रजातन्त्र, उदारवाद हुने एकीकरणसम्बन्धत्री आधारपत्रमा उल्लेख गरिएको छ ।

    २०४७ सालमा गठन भएको राप्रपा यसबीचमा पटक–पटक फुट्दै र जुट्दै आएको छ। मुलुकमा गणतन्त्र स्थापना भएपछि समेत गणतान्त्रिक व्यवस्थालाई स्विकार्न आनाकानी गर्दै आएका दुवै दल पछिल्लो समय राजसंस्थालाई नै अंगीकार गर्न तयार भएका छन् ।

    राजसंस्थासहित हिन्दू राष्ट्र पुनर्स्थापनाको विषयलाई अहिले दुवै दलले आफ्नो मूल सिद्धान्त मान्दै आएका छन्। यही निकटतामा कुरा नमिलेका कारण उनीहरूबीच २६ साउन २०७५ मा पार्टी एकताको तयारी भए पनि अन्तिम समयमा विफल भएको थियो । त्यसको केही समयपछि राणा र लोहनी नेतृत्वको राप्रपाबीच मात्रै एकता भएको थियो ।

    राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) पछि राप्रपा सामूहिक नेतृत्वको अभ्यास गरेका हुन् । यद्यपी यसअघि राप्रपा सामूहिक नेतृत्वकै क्रममा विभाजन भएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार