Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • वाटर एटीएम राखिँदै, २ रुपैयाँमा एक कप पानी

    वाटर एटीएम राखिँदै, २ रुपैयाँमा एक कप पानी

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । राजधानीको ६ स्थानमा अत्याधुनिक वाटर एटीएम राखिने भएको छ । राजधानीमा पार्क घुम्न आउने बटुवालाई स्वच्छ पानी खुवाउने अभियानसहित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ती स्थानमा वाटर एटीएम जडान गर्न लागेको हो ।

    अबको करिब एक महिनाभित्र ती सबै स्थानमा वाटर एटीएम जडान भइसक्ने काठमाडौं महानगरपालिका शहरी योजना आयोगले जनाएको छ ।



    २ सय मिलिलिटर कपमा प्रतिकप दुई रुपैयाँ लिने व्यवस्था भएको एटीएममा रकम सटही गर्नेसमेतको प्रविधि जडान गरिएको छ । दुई रुपैयाँको क्वाइन नभएको अवस्थामा एटीएम मेसिनमा नोट छिराएपछि दुई रुपैयाँ काटेर एटीएमबाट रकम फिर्ता लिने व्यवस्था गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार