Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चिनियाँ राष्ट्रपतिद्धारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

    चिनियाँ राष्ट्रपतिद्धारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

    अनलाइन नेपाल
  • शनिबार, २४ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मृगौला प्रत्यारोपण पछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका राष्ट्रपति सी चिनफिङले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सन्देश पठाएका छन् ।

    बुधबार मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई चिनफिङले व्यक्तिगत र चिनियाँ जनताको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका हुन् ।



    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार चिनफिङले शनिबार एक सन्देश पठाएर स्वास्थ्य लाभसहित दुई देश र दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुमधुर बनाउन चाहेको उल्लेख गरेका छन् ।



    चिनफिङले सन्देशमा लेखेका छन्–‘दुई देश र दुई पार्टीबीचको सम्बन्ध सुमधुर बनाएर अगाडि बढाउनका लागि तपाईंसँग सहकार्य गर्न इच्छुक छु । विविध क्षेत्रमा द्विपक्षीय सहकार्य अझै गाढा बनाएर दुवै मुलुकका जनताको फाइदाका लागि काम गर्न इच्छुक छु ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार