Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • मौसम : मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा

    मौसम : मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा

    अनलाइन नेपाल
  • शनिबार, २४ फाल्गुन २०७६
  • 3K
    SHARES

    काठमाडौं । देशका अधिकांश भू-भागमा वर्षा र हिमपात भइरहेको छ । काठमाडौं उपत्यकामा विहानदेखि वर्षा भइरहेको छ । वर्षाले जनजीवन प्रभावित भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । आज देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातका सम्भावना रहेको छ । अन्य स्थानहरुमा मेघगर्जन चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना छ ।



    गर्मीको आगमन हुन लागेको संकेतका रुपमा आजको वर्षा र हिमपातलाई लिइएको छ । वर्षाका कारण चीसो बढेको छ ।



    मौसम पूर्वानुमान विभागका अनुसार देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ।

    देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङर सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार