Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • अख्तियारले डामेका गच्छदारलाई देउवाले दिए राहत

    अख्तियारले डामेका गच्छदारलाई देउवाले दिए राहत

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य मनोनयन गरेका छन् ।

    तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना समायोजन गर्नका लागि गरिएको सहमती अनुसार मनोनयन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।



    नेपाली कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘विधान २०१७ (संशोधन सहित) को धारा ४ (१०) (ग) बमोजिम नेपाली कांग्रेस पार्टीमा प्रचलित नेपाल कानुन बमोजिम एकिकृत भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका एघार जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने गरी निर्णय गरेको र उक्त निर्णय अनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना सदस्यहरुलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गर्नु भएको छ ।’



    मनोनयनमा रामजनम चौधरी (कैलाली), मो. नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लीक (झापा), हेमराज तातेड (सप्तरी), डा. गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ्ग), हरिप्रसाद न्यौपाने (मोरङ्ग), सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी), र पवनकुमार सारडा (मोरङ्ग) रहेका छन् ।

    ललिता निवासको सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित ७४ जनाको नाममा विशेष अदालत काठमाडौंले आजै १५ दिने म्याद जारी गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार