Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • महानगरपालिकाकै मिलेमतोमा पाेखरामा अवैध खानी सञ्चालन

    महानगरपालिकाकै मिलेमतोमा पाेखरामा अवैध खानी सञ्चालन

    अख्तियारद्धारा छानविन

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरास्थित एक बालुवाखानीको अनियमिततामाथि छानविन थालेको छ । पोखरा महानगरपालिकाकै मिलेमतोमा विना टेण्डर खानी सञ्चालन भइरहेको भन्दै उजुरी परेपछि आयोगले छानविन थालेको हो ।

    पोखरा महानगरपालिका–२५ स्थित सुइखेतमा सञ्चालित वालुवाखानी विना टेण्डर संञ्लन गर्ने क्रममा आर्थिक अनियमितता भएको भन्दै उजुरी परेपछि आयोगले छानविन थालेको हो ।



    आयोगमा महानगरपालिकाले टेण्डर नै नगरी ३० लाख मूल्य वरावरको ढुंगा, गिट्टि, वालुवा उत्खनन् गर्दा वडाले नै राजस्व संकलन गरी राजस्व रसिद हराएको भन्दै साढे दुई लाख मात्र राजस्व खातामा जम्मा गरी बाँकी रकम मिलेमतोमा भ्रष्टाचार गरेको उजुरी परेको छ ।



    अख्तियार कार्यालय पोखराले महानगरपालिकासँग खानी सञ्चालन समवन्धमा भएको यथार्थ विवरण माग गरिसकेको पनि महानगरपालिका स्रोत बताउँछ ।

    आयोगले चालु आर्थिक वर्ष र गत आर्थिक वर्षमा विना टेण्डर गिट्टि वालुवा उत्खनन् गरेको हो वा होइन, राजस्व खातामा के कति रकम जम्मा गरिएको हो ? भन्ने विषयमा स्पष्ट राय प्रतिकृयाको साथै उक्त कार्यसँग सम्बन्धित सबै कागजपत्र ३ दिनभित्र झिकाउन पत्राचार गरेको छ ।

    त्यसैगरी पोखरा–२५ हेम्जाको सहश्र धारा घाटको सम्वन्धमा पनि अख्तियारले पोखरा महानगरसँग राय सहितको प्रतिकया माग गरेको बताइएको छ ।

    महानगरले उक्त घाट खानीको टेण्डर सूचना प्रकाशित गरेपनि म्यादभित्र टेण्डर नपरेको भन्दै राजस्व परामर्श समितिको निर्णयलाई हवाला दिएर मिति २०७६÷६÷१६ गते साविक हेम्जा गाविस–१ र २ को कि.नं. ८१५, ८१६ र ४१ लगायतका कित्ताका जग्गा धनी रामचन्द्र थापाको नाममा २०७७ असार मसान्त सम्मका लागि कार्यदेश जारी गरेको थियो ।

    उक्त अवधि सम्मका लागि महानगरले १४ लाख २४ हजार ६ सय ९६ रोयल्टी राजस्व असुल गरेको थियो ।

    त्यसो त यतिबेला महानगर आफै उक्त ठेक्का रद्ध गर्ने लागिपरेपछि थापाले भने अदालत जाने तयारीमा रहेको बताइन्छ । थापाले तोकिएको अवधि नसकिदै ठेक्का रद्द गरिए आफू न्यायको ढोका ढक्काउन वाध्य बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार