Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एनआरएनए अध्यक्ष पन्तलाई वेलायतमा कालो झण्डा

    एनआरएनए अध्यक्ष पन्तलाई वेलायतमा कालो झण्डा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तलाई वेलायतमा कालो झण्डा देखाइएको छ ।

    गैरआवासीय नेपाली संघ युकेको १५औं वार्षिकोत्सव एवम स्थापना दिवसमा सहभागी हुन वेलायत पुगेका पन्तलाई असन्तुष्ट पक्षले कालो झण्डा देखाएका हुन् । यद्यपी आयोजकले भने उनलाई रेड कार्पेटले स्वागत गरेका थिए ।



    एनआरएनए यूकेको आर्थिक घोटाला छानविन नगरि समुदायसँग आर्थिक संकलन गरेर कार्यक्रम गरिएको भन्दै अध्यक्ष पन्तलाई कालो झण्डा देखाइएको जनाइएको छ ।



    अल्डरशटस्थित एम्पायर हलमा विहिवार साँझ आयोजित एक विशेष समारोहमा क्षमता ढकाल र पूर्व गोरखाका परिवारले हलभित्रै व्यानरसहितको कालो झण्डा देखाएका हुन् ।

    व्यानर सहित उपस्थित भएका महिलाहरुले चार करोड घोटाला छानविन गर, कुमार पन्त फिर्ता जाउ भन्दै नारा लगाएका थिए।

    कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले एनआरएनएले तीन पुस्ताका लागि राजनैतिक अधिकार वाहेकका नागरिकता पाउने सुनिश्चितता भैसकेको बताउँदै काठमाडौं जाँदा टिकट काट्नु पर्ने र उल्टो पैसा दिनु पर्ने अवस्थाको अन्त्य गर्ने दावी गरे ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार