Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सशस्त्र प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    सशस्त्र प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। व्यापार व्यवसायमा सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ। चापागाईंले घुस लिएको उजुरी परेपछि अख्तियारले उनीविरुद्ध छानबिन अघि बढाएको थियो ।



     



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार