Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • संसद बैठक रोकौं, एक जनालाई मात्र संक्रमण भए हालत के होला ?

    संसद बैठक रोकौं, एक जनालाई मात्र संक्रमण भए हालत के होला ?

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 1.8K
    SHARES

    काठमाडाैं । कोरोनाको संक्रमणबारे संसद्ले आवश्यक सजगता नअपनाएको भन्दै एक सांसदले संसद् बैठक नचलाउन माग गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसद्ले सावधानी नअपनाएको भन्दै संसद्को बैठक बन्द गर्न माग गरेका हुन् ।
    सांसद यादवले अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि भविष्यका लागि सतर्कता अपनाउनुपर्ने बताएका हुन् ।

    ‘कोरोना भाइरसले विश्वभरी त्रास फैलाएको छ, डाक्टरहरू यसको उपाय सचेतना नै हो भनिरहेका छन् । सरकार भन्छ– भीडभाडमा नजानू, भोजभतेर नगर्नू । हमी सांसदले कति सावधानी अपनाएका छौं । हामी भीडभाडमा जान्छौं, मन्त्रीले त सयौं सेवाग्राहीलाई भेट्छन्,’ सांसद यादवले भने, ‘संसद्मा स्वास्थ्य डेक्स छैन । संसद्भित्र प्रवेश गर्दा टेस्ट नगरी प्रवेश गर्छौं । मानौं कुनै मन्त्रीजी या सांसदलाई संक्रमण भएको रहेछ भने हाम्रो संसद्को हालत के होला ? कि पूर्ण तयारी गरेर संसद् चलाऔं या बन्द गरौं ।’



    अन्य सांसदहरूले पनि कोरोनाको संक्रमणबाट बच्ने तयारीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार नै संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल समेत हुँदैछ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार