Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • यौन सम्बन्धबाट कोरोना भाइरस सर्छ कि सर्दैन ?

    यौन सम्बन्धबाट कोरोना भाइरस सर्छ कि सर्दैन ?

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 5.1K
    SHARES

    एजेन्सी । विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले नाेबेल कोरोना भाइरस ‘सेक्सुअल ट्रान्समिटेड डिजिज’ अर्थात यौन सम्बन्धबाट सर्ने रोग नभएकाे बताएकाे छ। त्यसकारण यौन सम्बन्ध राख्दैमा कोरोना भाइरस सर्दैन । तर यौन सम्बन्धका क्रममा जुन यौन क्रिडा हुन्छ, त्यो निकै खतरनाक हुनजान्छ । पीडित व्यक्तिलाई किस गरेको खण्डमा कोरोना भाइरस सर्ने अधिक सम्भावना हुन्छ।

    कोरोना भाइरस कपालको रौंभन्दा ९ सय गुणा सानो हुन्छ । यसकारण यसले मानिसलाई सजिलै आफ्नो सिकार बनाउँन सक्छ । कोरोना भाइरस विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको छ । आखिर कोरोना भाइरस कसरी फैलिन्छ ?



    कोरोना भाइरस कुनै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । विश्व स्वास्थ्य संगठनका प्रवक्ताका अनुसार कोरोना भाइरसबाट पीडित व्यक्तिभन्दा कम्तीमा पनि तीन फिट टाढा रहनुपर्छ ।



    तर द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जारी गरेको सूचनामा पीडितभन्दा ६ फिट टाढा रहनुपर्ने उल्लेख छ । बस, रेल या कुनै सार्वजनिक स्थलमा कोरोना भाइरस भएमा त्यहाँबाट फैलिने खतरा हुन्छ । हङकङको सेन्टर फर हेल्थले एक बौद्ध मन्दिरमा आएका केही श्रद्धालु यसैकारण कोरोना संक्रमित भएको बताएको छ ।

    कुनै कोरोना पीडित व्यक्ति आफैंले हातले खाना खाएको वा कम ठाउँमा धेरै मानिस खाना खान जम्मा भएमा पनि कोरोना भाइरस फैलिने खतरा हुन्छ । यद्यपि तातो खानामा कोरोना भाइरस निष्क्रिय हुनसक्छ ।

    चीनबाट सुरु भइ विश्वभर फैलँदै गएको नाेबेल कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ । वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३ हजार ४२ जनाले ज्यान गुमाएका छन् ।

    विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ । चीनमा मात्रै संक्रमित हुनेको संख्या पनि सबैभन्दा धेरै अर्थात ८० हजार ५ सय ३२ छ । चीन बाहेकका १४ देशमा ३ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार