Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • काेराेनाकाे प्रभाव: भारतमा प्राथमिक विद्यालय १ महिना बन्द

    काेराेनाकाे प्रभाव: भारतमा प्राथमिक विद्यालय १ महिना बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं । चीनबाट सुरु भएकाे नाेबेल कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा भारतले विशेष सावधानी अपनाउन सुरु गरेको छ ।

    भारतले कोरोना भाइरसका कारण राजधानी दिल्लीका सबै प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा गर्ने घोषणा गरेको छ ।



    त्यस्तै सरकारी कार्यालयमा बायोमेट्रिक हाजिरीमा पनि रोक लगाइएको छ ।

    कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ । वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३ हजार ४२ जनाले ज्यान गुमाएका छन् ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ ।डब्लुएचओका प्रमुख डा। टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार