काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वोत्राले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्।
नेकपा नेता विष्णु रिजालले नेता नेपाल निवास कोटेश्वर पुगेका क्वोत्रा र नेपालबीच दुईदेशबीचको सम्बन्धका विषयमा कुराकानी भएको जानकारी दिए ।
सत्तारुढ नेकपाको विदेश मामिला प्रमुख रहेका नेपालसँगको भेटमा दुईपक्षीय सम्बन्ध विस्तार तथा आपसी हीतका विषयमा कुराकानी भएको थियो ।
राजदूत क्वात्राले नेता नेपालको जन्मदिनको अवसरमा शुभकामना पनि व्यक्त गरेको नेता रिजालले बताए ।
https://www.facebook.com/bishnu.rijal/posts/10222781401310352
Leave a Reply