Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • होलीमा सतर्क रहन सुझाव

    होलीमा सतर्क रहन सुझाव

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी बन्दै गएको र नेपालमा समेत उच्च जोखिम रहेकाले यसपालिको फागु पर्व मनाउँदा सतर्क हुनुपर्ने भएको छ ।

    कोरोना सङ्क्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले फागुमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्ने÷खेल्ने काम नगर्न आग्रह गरि एको छ ।



    विगत वर्षमा फागुका कार्यक्रम आयोजना गर्ने विभिन्न संस्थाले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर फागुका कार्यक्रम रद्द गरेका छन् । हुलमुलमा होली नखेल्न सबैलाई आग्रह गरिएको छ ।



    बर्सेनि होली पर्व आयोजना गर्दै आएकी नायिका करिश्मा मानन्धर ले यो वर्ष होली कार्यक्रम रद्द गरेकी छन् । संस्कृतिविद् डा.सत्यमोहन जोशीले मेलमिलापको पर्व फागु पानी र रङ खेलेरै मनाउनुपर्छ भन्ने छैन भन्दै यस वर्ष कोरोनाको त्रास र हेकाले अबिर को टीका मात्र लगाएर मनाउन सुझाव दिए ।

    संस्कृतिविद् गणेशराम लाछीले फागु पर्व नेपालीको संस्कृति भएकाले यसको संरक्षण गर्नुपर्छ तर त्यसका लागि जीवन चाहिन्छ भन्दै जीवन र क्षाका लागि अहिले कोराना सङ्क्रमणबाट जोगिन सतर्क हुनुपर्ने समय भएको बताए ।

    जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले नेपाल हालसम्म कोरोनामुक्त देश भए पनि सबैमा त्रासको वातावरण र हेको बताउँदै फागु पर्वमा भीडभाडमा होली खेल्दा सङ्क्रमणको खतरा हुने भएकाले आफ्नो घर मा मात्र खेल्न सुझाव दिएका छन् ।

    कोरोना त्रासकै कारण अहिले सरकारी, गैर सरकारी, अन्तर्राष्ट्रिय समुदाय, राजनीतिक दल र सङ्घसंस्थाले सार्वजनिक कार्यक्रम रद्द गरेका छन् । सरकार ले गत आइतबार सभा, सम्मेलन लगायतका कार्यक्रम नगर्न आह्वान गरेसँगै त्यसको कार्यान्वयन गर्न थालिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वनिर्धारित प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । फागुन १९ मा बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले प्रदेशभरी मेला महोत्सव गर्न रोक लगाएको छ । प्रदेश ५ सर कार ले आगामी वैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन स्थगित गरेको छ । आजको गोरखापत्र दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार