Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • इस्टर्न रिजन कपः नेपाल र सिंगापुरबीचको खेलमा वर्षा बाधक

    इस्टर्न रिजन कपः नेपाल र सिंगापुरबीचको खेलमा वर्षा बाधक

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र सिंगापुरबीचको खेद ढिला सुरु हुने भएको छ । पानी परेपछि पिच ओसिलो भएकाले नेपाल र सिंगापुरबीचको खेल ढिला सुरु हुने भएको हो ।

    नेपाल र सिंगापुरबीचको म्याच हुने निर्धारित समय ८ः१५ देखि हो । तर याे समयसम्म टस समेत हुन सकेको छैन । म्याच ढिला सुरु भए भने ओभर खटाइने सम्भावना छ ।



    खराब प्रदर्शन गर्दै एसिया कप छनोट होडबाट बाहिरिसकेको नेपालले प्रतियोगितामा सुखत अन्त्य गर्न चाहन्छ । तर, सिंगापुरलाई हराउन नेपाललाई त्यति सजिलो हुने छैन ।



    जारी प्रतियोगितामा सिंगापुर सबैभन्दा बलियो टोली बनेको छ । उसले खेलको तीनै म्याचमा जित हासिल गरेको छ । र, सिंगापुर तालिकाको शीर्ष स्थानमा छ । तीन म्याचमा लगातार जित हासिल गर्दै सिंगापुर एसिया कप छनोटमासमेत पुगिसकेको छ । नेपाल भने ३ खेलमा १ जित निकाल्दा २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

    नेपाल र सिंगापुरले विभिन्न फर्म्याटको क्रिकेटको ११ म्याचमा एकअर्काविरुद्ध खेलेका छन् । जसमा ३ खेल तीन दिवसीय, ४ टी–२० र ४ एकदिवसीय खेल रहेको छ ।हालसम्म सिंगापुरले नेपाललाई टी–२० बाहेक अन्य खेलमा हराउन सकेको छैन ।

    सिंगापुरविरुद्ध खेलेको पछिल्ला तीन टी–२० मा नेपालले एक म्याचमा जित हासिल गरेको छ । एक खेलमा हार बेहोर्दा एक म्याच भने वर्षाकारण रद्द भएको थियो । सिंगापुर टोलीका खेलाडी पछिल्लो समय उत्कृष्ट लयमा देखिएका छन् । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) खेलिसकेका टिम डेविड जोडिएसँगै सिंगापुर टोली झन् बलियो बनेको छ ।

    डेविडले सिंगापुरबाट खेल्न थालेसँगै टिमले लगातार सफलता हासिल गर्दै आएको छ । उनी जारी प्रतियागितामा शानदार लयमा छन् । डेविडले खेलका दुवै म्याचमा अर्धशतक बनाइसकेका छन् । पहिलो खेलमा थाइल्याण्डविरुद्ध भने उनले खेलेका थिएनन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार