Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • अब बैंकमा सुन राख्दा ब्याज पाइने

    अब बैंकमा सुन राख्दा ब्याज पाइने

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ । बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई यो विषयमा परिपत्रसमेत गरिसकेको छ ।

    केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै सुन निक्षेप योजना सुरु गरेको हो । योजनामा सामेल हुन अर्थात् सुन निक्षेप गरी ब्याज प्राप्त गर्न भने २५ ग्राम सुन जम्मा गर्नुपर्ने हुन्छ । साढे दुई तोलाभन्दा बढी जम्मा गरेपछि मात्र बैंकहरूले ब्याज दिनेछन् । यसका लागि सुनको शुद्धता कम्तीमा ९ सय ९५ फिटनेस हुनुपर्छ । बैंकहरूले सुनको शुद्धता राख्न छुट्टै मेसिनको व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।



    चालू आर्थिक वर्षको बजेट वक्तव्यमै अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय स्रोत बढाउन सुनचाँदीलगायत बहुमूल्य धातुलाई निक्षेपका रूपमा स्वीकार गर्ने व्यवस्था गरेका थिए । राष्ट्र बैंकले चालू मौद्रिक नीतिमा थप अध्ययन गरेर कार्यान्वयनमा ल्याउने बताएको थियो ।



    राष्ट्र बैंकले जारी गरेको परिपत्रमा बैंकहरूले गरगहना भने निक्षेपका रूपमा लिन पाउँदैनन् । यसका लागि ढिक्का सुुन हुनुपर्ने व्यवस्था गरिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार