Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • कोरोनाका कारण वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्यामा कमी

    कोरोनाका कारण वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्यामा कमी

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं। बिश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्यामा कमि आएको छ। वैदेशिक रोजगार विभागका अनुसार अब बिदेशमा कामदार पठाउने बिषयमा अन्योल छाएको छ भने भिसा लागेर बसेका कामदारहरुलाई समेत बिदेश पठाउने या नपठाउने बारेमा कुनै निर्णय हुन सकेको छैन ।
    वैदेशिक रोजगार विभागले कोरोना भाइरस नेपाली धेरै रहेका देशमा फैलिँदै गएपछि ती देशका नेपाली दूतावासले सूचना जारी गर्दै सुरक्षित रहन आग्रह गरेका छन् ।
    कोरोना भाइरस नेपाली धेरै रहेका देशमा फैलिँदै गएपछि ती देशका नेपाली दूतावासले सूचना जारी गर्दै सुरक्षित रहन आग्रह गरेका छन् । सुरक्षित रहने उपायहरू पनि सुचनामार्फत दिइरहेको त्यहाँका दूतावासले जनाएको छन् । वैदेशिक रोजगार विभागले ४० लाख भन्दा बढी नेपाली रोजगारीमा रहेको अनुमान लगाएको छ ।
    प्रमुख गन्तव्य खाडिका देश, मलेशिया, दक्षिण कोरिया, जापानलगायतका देशमा नेपालीहरु कामका शिलशिलामा बढी छन्। ।

    कुवेतमा ७० हजार, कतारमा ३ लाख ५१ हजार, यूएईमा २ लाख ५० हजार, मलेसियामा ६ लाख, ओमनमा २० हजार, बहराइनमा २५ हजार, साउदी अरेबियामा ३ लाख ५० हजार नेपाली रोजगारीका शिलशिलामा रहेका छन् । त्यसैगरी इरानमा २३ हजार, दक्षिण कोरियामा ४० हजार र जापानमा ८५ हजारभन्दा बढी नेपाली रहेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार