Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोनाबारे अफवाह फैलाउँदै भारतीय मिडिया

    कोरोनाबारे अफवाह फैलाउँदै भारतीय मिडिया

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 1.8K
    SHARES

    दार्चुला । दार्चुलामा कुनैपनि व्यक्तिमा कोरोना भाइरस ९केभिड १९० को संक्रमण नदेखिएको चिकित्सकले बताएका छन्।

    हालसम्म दार्चुलामा कोरोना भाइरसको संक्रमण नदेखिएको र त्यस्तो सम्भाना पनि कम रहेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए।



    भारतको ‘न्युज पिथौरागढ टिभी’ नामक अनलाइन मिडियाले दार्चुलाका एक युवामा कोरोना लक्षण देखिएको भन्ने समाचार प्रकाशित गरेपछि त्रास फैलिएको थियो।



    भारतीय अनलाइनमा प्रकाशित समाचार नेपाली मिडियाले पनि प्रयोग गरेपछि अझ त्रास बढेको थियो।

    भारतीय मिडियाले लेखेको समाचार सत्यता नभएको सहाय प्रमुख जिल्ला अधिकारी टेबहादुर कुँवरले बताए। ‘भारतीय मिडियाले अफबाह फैलाइदियो, सत्यता केही छैन’, उनले भने, ‘सतर्कता अपनाउनु भने उपयुक्त हुन्छ।’
    भारतीय मिडियाले गलत समाचार प्रशारण गरेर ठूलो गल्ती गरेको कुँवरले बताए।

    कोरोना देखिएको भनी पुष्टि भएका युवाको पिसाबमा संक्रमण देखिएको र कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताए।

    काठमाडौं एक होटेलमा काम गर्दै आएका ती युवक घर आएपछि एक महिनादेखि ज्वरो आएकै भरमा कोरोना संक्रमण भन्न नमिल्ने डाक्टर दुवालको भनाइ छ। (अन्नपूर्ण )

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार