Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • सिभिल समुहमा तामाङ र गुरुङबीच विबाद चुलियो

    सिभिल समुहमा तामाङ र गुरुङबीच विबाद चुलियो

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं। मुलुककै ठूलो घरजग्गा कारोबार गर्ने व्यावसायिक समूह ‘सिभिल ग्रुप’ मुद्दैमुद्दामा रुमल्लिएको छ। नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा कडाइ गर्न लिएको नीति र साझेदारबीचको द्वन्द्वका कारण मुद्दा पर्न गएपछि समूहमाथि संकट आइपरेको हो।

    सिभिल समूहद्वारा प्रवद्र्धित सिभिल मल र सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका नाममा समूहका दुई मुख्य लगानीकर्ता इच्छाराज तामाङ र लालकाजी गुरुङबीच विवाद चुलिएको छ।



    सिभिल मलका साझेदार लालकाजी गुरुङले सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडबाट लिएको ऋण नतिरेको भन्दै को–अपरेटिभले २०७६ माघ १४ गते सार्वजनिक सूचना जारी गरेपछि त्यहाँको विवाद उत्कर्षमा देखापरेको छ। तर, गुरुङले भने आफूले व्यक्तिगत तवरबाट लिएको ६ करोड ९० लाख रुपियाँ कर्जाको सावाँ ब्याजमध्ये २०६५ साउन २ गते ५ करोड र बाँकी रकम २०६५ कात्तिक ११ गते इच्छाराज तामाङ हस्तेमार्फत भुक्तानी गरेको बताएका छन्।



    गुरुङ पक्षले सिभिल मल (सिभिल विजनेस कम्प्लेक्स)को ब्यालेन्स सिटमा पटक–पटक गरेर १७ करोड तथा त्यसको सम्पूर्ण ब्याज सहकारीलाई भुक्तानी गरेको दाबी गरेको छ। साथै गुरुङले सिभिल सहकारीले आफ्नो नाममा रहेको सिभिल मलको शेयर लिलामी गर्न निकालेको सूचना अवैध दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दायर गरेका छन्।

    त्यस्तै लालकाजी गुरुङकी श्रीमती मीना गुरुङले पनि उच्च अदालत पाटनमा सिभिल सहकारीबाट लिएको ऋण चुक्ता भइसकेको तथा सिभिल मलमा सहकारी साझेदार नरहेको दाबी गर्दै मुद्दा दायर गरेकी छिन्। २०७२ फागुन १४ मा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभले डिभिजन सहकारी कार्यालयमा लेखेको पत्रबाट पनि सिभिल सहकारीको नगद लगानी छैन भन्ने प्रस्ट देखिने गुरुङ पक्षको दाबी छ। साथै सहकारीले कुनै पनि निजी कम्पनीमा शेयर लगानी गर्न नपाउने कानुनी प्रावधान रहेको छ। अर्कोतर्फ सहकारीको आफ्नै वासलातमा समेत सिभिल मलमा लगानी गरेको विवरण कतै उल्लेख भएको देखिँदैन।

    गुरुङले भन्नुभयो– ‘सुन्धारामा रहेको मेरो ९ रोपनी जग्गामा मिलेर सिभिल मल बनाएका हौं। शेयर प्रमाण–पत्र धितो राखेर लिएको ऋण मैले तिरिसकेको छु। तामाङसँग सम्बन्ध राम्रँे हुँदा उनले शेयर प्रमाण–पत्र पछि दिन्छु भन्दा विश्वासको भरमा पैसा दिएको थिएँ। तर, अहिले सहकारीले नोटिस निकाल्दा जिल्ल परें।’

    अर्का साझेदार इच्छाराज तामाङले भने अहिलेसम्म सहकारीको कर्जा चुक्ता नभएको दाबी गर्नुभयो। उहाँले रकम तिरे÷नतिरेको कुरा कागजले बताउने बताउनुभयो।

    उहाँले कर्जा चुक्ता गरेको भए सहकारीले किन लिलामी नोटिस निकाल्थ्यो भन्दै अहिलेसम्म गुरुङले सहकारीको कर्जा नतिरेको दाबी गर्नुभयो। लालकाजीलाई दिएको रकम व्यक्तिगत नभएको बताउँदै उहाँले भन्नुभयो– ‘सहकारी पब्लिक लिमिटेड कम्पनी हो, हामी कानुनी प्रक्रियाअनुसार अगाडि बढिसक्यौं। हामीले हाम्रो सहकारीको खराब कर्जा उठाएर र सिभिल होम्स्को घर बिक्री गरेर अलि–अलि गर्दै तिरिरहेका छौं’, उहाँले भन्नुभयो– ‘व्यवसायमा कहिलेकाहीँ गाह्रो साह्रो हुन्छ।’ रकम तिर्न केही समय लाग्ने भए पनि आफूहरू भागेर नजाने दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘बजारमा आएको मन्दीले समस्या भएको हो। ८ अर्ब जति दायित्व छ, तर, सम्पत्ति २० अर्बभन्दा बढी छ। सिभिल सहकारीका निक्षेपकर्ताले गरेको धैर्यताप्रति म आभार प्रकट गर्दछु।’ (नेपाल समाचारपत्र )

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार