Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्रीको मिर्गौलाले सामान्य काम गर्न थाल्यो

    प्रधानमन्त्रीको मिर्गौलाले सामान्य काम गर्न थाल्यो

    समीक्षालाई तरल तथा नरम आहार खुवाइयो

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको आज दोस्रो दिन नयाँ मिर्गौलाले सामान्य काम गरेको अस्पतालले जनाएको छ ।

    शिक्षण अस्पतालले जनाए अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा आज अपेक्षाकृत सुधार भएको छ ।



    अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीका सबै भाइटल तथा ल्याव सूचकहरू सामान्य अवस्थामा रहेको तथा विरामीलाई आजैदेखि तरल तथा नरम आहार दिन थालिएको जनाएको छ ।



    त्रिवी शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाद्धारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीलाई मिर्गौला दिने श्रीमती समीक्षा संग्रौलाको पनि अवस्था अपेक्षाकृत सुधार आएकाले उनलाई पनि आजैदेखि तरल र नरम आहार दिन सुरु गरिएको उल्लेख छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार