Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • जुनीचाँदेका अध्यक्ष केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    जुनीचाँदेका अध्यक्ष केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    सडक निर्माण कार्यमा कमिसनबापत २५ लाख ५० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले केसी र शाहीविरुद्ध बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।



    घुस दिन बाध्य पारेको भन्दै उजुरी परेपछि अध्यक्ष केसी र राजबहादुर शाहीले एकआपसमा मिलेमतो गरेर सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापतको रकम खातामा जम्मा गर्न लगाएको विशेष विशेष अदालतमा दायर मुद्दामा उल्लेख गरिएको छ ।

    अख्तियारद्धारा विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा भनिएको छ, ‘निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भए गरेकोले निजहरु अध्यक्ष कृष्णबहादुर के.सी. र वडा अध्यक्ष राज बहादुर शाहीलाई बिगो रु. २५,५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।’

    अनुसन्धानको क्रममा केसी र शाहीले कमिशनको लागि बार्गेनिङ गरी नगद लिनुका साथै बैंक खातामा समेत रकम जम्मा गर्न लगाएको पुष्टि हुन आएकोले उक्त रकम माग दाबीसहित मुद्दा दायर गरिएको कोइरालाले बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार