Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • काेराेना नियन्त्रणका उपाय खाेज्न चार मन्त्रीकाे बैठक

    काेराेना नियन्त्रणका उपाय खाेज्न चार मन्त्रीकाे बैठक

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । सरकारले कोरोना भाइरस बारे जन चेतना जगाउनुका साथै सावधानी अपनाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले यस्ताे निर्णय गरेको हो ।

    त्यस्तै नोबेला कोरोना भाइरस (काेभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले उड्ययन क्षेत्रमा सावधानी अपनाउने निर्णय पनि गरेको छ ।



    बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल उपस्थित थिए ।



    त्यस्तै प्रधानसेनापति पूर्णचन्द्र थापा, मुख्यसचिव लोकदर्शन रेग्मी सहभागी रहेको समितिले जानकारी दियो । बैठकले विमानस्थलमा प्रिफ्याब निर्माण गर्ने विमान सेवा कम्पनीलाई यात्रुको सुरक्षा जाँचका विशेष ध्यान र सावधानी अपनाउन निर्देशन दिने निर्णय गरेको बताइएको छ ।

    कोरोनाको त्रास कम गर्न विश्व बैंकको सहायता लिने, सीमामा आवागमन कम गर्ने, थप स्वास्थ्य टोली खटाउने, प्रदेश सरकार र स्थानीय तहलाई आपूर्ति व्यवस्थाका लागि अनुरोध गर्नेलगायत निर्णय गरेको समितिले जानकारी दिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार