Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • टेकु अस्पतालबाट भागेका बिरामी सम्पर्कमा

    टेकु अस्पतालबाट भागेका बिरामी सम्पर्कमा

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडाैँ ।  काेराेना संक्रमण भए नभएकाे परिक्षणका क्रममा अस्पताललाई सूचना नगरी बाहिर निस्केका नेपाली नागरिक सम्पर्कमा आएको अस्पतालले जनाएको छ ।

    दक्षिण कोरिया बाट फर्केका एक युवा कोरोनाको आश‌कामा शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए ।



    बिहीबार विहान ती ब्यक्ति कसैलाई जानकारी नदिइ अस्पतालबाट सम्पर्कबिहिन भएका थिए । अस्पतालका प्रबक्ता डाक्टर अनुप बस्तोलाले ती ब्यक्तिलाई सामान्य घाटीमा समस्या भएको र कोरोनाको डर मनमा अत्याधिक भएकाले पछिल्ला केही दिनयता निरन्तर अस्पताल धाइरहेकाे जानकारी दिए ।

    उनी बुधबार साँझ अस्पताल आएकाे र राति अस्पतालमै बसेर बिहान एक्कासि सम्पर्कबिहिन हुन पुगेका थिए । उनलाइ कोरोनाको लक्षण नभएकाे र अस्पतालको सम्पर्कमा निरन्तर रहेको डाक्टर बास्तोलाले बताए ।

    अस्पताल स्रोतका अनुसार गायव भएका ती व्यक्ति २० गतेमात्रै नेपाल आएका हुन्। उनमा कोरोनाको संक्रमणका संकेतहरु देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण ७० भन्दा बढि देशमा फैलिसकेको छ भने झण्डै चार हाजरको मृत्यु भइसकेको छ । कोरियामा मात्र ६ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या ४० पुग्न लागेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार