काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल सवार यति एअरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।
आज बिहान ८:४५ बजे काठमाडौंबाट पोखराका लागि उडेको विमान प्राविधिक कारणले उडेको १० मिनेटमै काठमाडौं विमानस्थल फर्केर आपतकालीन अवतरण गराएपछि दुर्घटनाबाट जाेगिएकाे छ।
विमानमा सवार सम्पूर्ण यात्रु सकुशल रहेको यति एअरलाइन्सले जनाएको छ । यसपछि अर्को विमान प्रयोग गरेर मन्त्री अर्याल पोखरातर्फ जाने तयारीमा रहेको उनकी प्रेस संयोजक देवीका घर्तीले बताइन् ।
Leave a Reply