Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • पाकिस्तानी क्रिममा खतरनाक रसायन, बंगलादेशमा प्रतिबन्ध

    पाकिस्तानी क्रिममा खतरनाक रसायन, बंगलादेशमा प्रतिबन्ध

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    बंगलादेशको गुणस्तर तथा परीक्षण निकाय बीएसटीआईले पाकिस्तानी फेयरनेस क्रिममा शरीरलाइ हानी पु-याउने खतरनाक रसायन मिसावट भएकाे खुलासा गरेकाे छ। बीएसटीआईले पाकिस्तानी फेयरनेस क्रिममा पारोजस्ता हानीकारक पदार्थको मात्र उच्च पाएपछि ८ क्रिमहरुमाथि प्रतिबन्ध लगाएको छ ।
    बीएसटीआईले यस्ता सामानको आयात र अनलाइनसहितका प्रकारबाट विक्री गर्न समेत प्रतिबन्ध लगाएको हो ।
    निकायको प्रमाणपत्र विभागका सहायक निर्देशक अब्दुल हानिफले बंगलादेशको बीडी न्यूज २४ लाई दिएको जानकारीअनुसार सरकारका अन्य निकायसँग सहकार्य गरी यस्ता उत्पादनविरुद्ध थप कदम चालिनेछ ।
    समाचारका अनुसार बीएसटीआईले गत महिना अनलाइन सपिङ साइट दराजसहित बजारबाट यस्ता १३ सामानको नमूना अध्ययन गरेको थियो ।
    अध्ययनका क्रममा ६ वटा यस्ता सामानमा मानव स्वास्थ्यलाई हानी गर्ने पारोसहित हाइड्रोकिनोन रसायनको मात्र उच्च रहेको भेटिएको थियो ।
    लामो समयसम्म कसैले यस्ता सामानको प्रयोग गरेमा त्यस व्यक्तिमा छालासम्बन्धी रोग लाग्ने अध्ययनले देखाएको थियो ।
    सामानमा हानिकारक रसायन भेटिएसँगै यस्ता समान विक्री नगर्न अनलाइन सपिङ साइट दराजलाई चेतावनी दिइएको छ । यता दराजले भने आफूले यस्ता सामानको उत्पादन गर्ने नभई विक्रीमात्र गर्दै आएको प्रतिक्रिया दिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार