Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेको दोस्रो दिन झोलिलो खानेकुरा खाएका छन्। उनको स्वास्थ्यमा पनि क्रमिक सुधार हुँदै गएको छ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेका छन्। थापाका अनुसार ओलीको अन्य सूचकहरु राम्रो रहेको रहेको छ।



    प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ। प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्रीलाई एउटा मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको अवस्था सामान्य रहेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार