Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बाल यौन दुराचारमा बेलायती नागरिक रोबर्ट दोषी ठहर

    बाल यौन दुराचारमा बेलायती नागरिक रोबर्ट दोषी ठहर

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका बेलायती नागरिक इयान रोबर्ट कोल दोषी ठहर भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले कोललाई दोषी ठहर गरेकाे हाे। दाेषी ठहर भएपछि उनलाइ ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला सुनाएको हो ।

    न्यायाधीश प्रकाश ढुङ्गानाको इजलाशले कोललाई दोषी ठहर गर्दै ३ वर्ष जेल हुने र पीडितलाई जनही २० हजार क्षतिपूर्तिसमेत भराउने आदेश दिएका हुन् ।



    न्यायाधीश ढुङ्गानाको इजलाशले कोललाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ बमोजिम दोषी ठहर गर्दै सजाय तोकेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २२५ मा बालयौन दुराचारबारे उल्लेख गरिएको छ । काेल २०७५ माघ ५ गते पक्राउ परेका थिए।



    बेलायतका ५१ रोबर्ट कोलसहित भारतीय नागरिक अजय पोद्धार, नेपाली नागरिक कुमार रोक्का र ३ जना बालकहरुलाई नियन्त्रणमा लिएकाे थियाे ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार