Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

    जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 3.9K
    SHARES

    फाइल फोटो

    हेटौडा । मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकचेरीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन भन्दा बढि घाइते भएका छन् ।

    जन्ती लिएर जितपुर भञ्ज्याङबाट सुकौरा जाँदै गरेको ना३ख ३५५६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।



    सो बसमा बेहुलाबेहुलीसहित करिब ४८ जना सवार थिए । दुर्घटनामा बेहुलाबेहुली सामान्य घाइते भएका छन् भने मृतकको सनाखत भएको छैन ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार