Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • विमानस्थलकै महिला कर्मचारी सुन तस्करका सहयोगी!

    विमानस्थलकै महिला कर्मचारी सुन तस्करका सहयोगी!

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । सुन तस्करहरुलाई सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी कार्यालय सहयोगी डोमा शेर्पाविरुद्ध ७ लाख ७ हजार ७ सय रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अख्तियारका अनुसार शेर्पाले ८ वैशाख २०७६ मा थाई एयरको विमानबाट नेपाल आएका भियतनामी नागरिक फान्थी लाओन थाओ तथा कम्बोडियन नागरिक थियरी यूईले ल्याएको सुन लुकाउन सहोग गरेकी थिइन् ।



    भियतनामी नागरिक थाहो तथा कम्बोडियन नागरिक यूईले ल्याएको किलो ६ सय ८५ ग्राम सुन विमानस्थलका उपसचिव कर्ण तिमिल्सिनाको कार्यकक्षमा रहेको सोफा पछाडि फालेको अवस्थामा फेला परेको थियो ।



    अनुसन्धानका क्रममा उक्त सुन शेर्पाले फाल्न लगाएकी भेटिएको थियो । यात्रुहरुको खानतलासीका लागि खटिएकी शेर्पाले सांकेतिक भाषा प्रयोग गरी उक्त सुन सोफामा फालेर जान भनेको देखिएको अख्तियारले जनाएको छ ।

    अख्तियारका अनुसार राजश्व चुहावट गर्ने उद्देश्यका साथ शेर्पाले उक्त सुन सोफा पछाडि फाल्न लगाएर एक्सरे मेसिनबाट हुने जाँच छल्न खोजेकी थिइन् ।
    अख्तियारले शेर्पाविरुद्ध ७ लाख ७ हजार ७ सय बिगो कायम गर्दै बिगोको दोब्बर जरिवाना र अनुसार जरिवाना र २ वर्ष ६ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार