Online Nepal
  • बिहिबार, ११ बैशाख २०८२
  • जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

    जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएकाे छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा बस दुर्घटना हुँदा उनीहरूकाे ज्यान गएकाे हाे । दुर्घटनामा परी १८ जना घाइते भएका छन् ।

    मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौरले बुधबार साझा जन्ती बोकेको ना ३ ख ३५५६ बस दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा ४ जनाको मृत्यु भएको राठौरले पुष्टि गरेका छन् । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।



    उनले उद्दार कार्य जारी रहेको बताए । मान्छे धेरै च्यापिएको भन्दै मृतकको संख्या बढ्न सक्ने उनले बताए । उनका अनुसार घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार