Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • ‘बलात्कार’ आरोपमा नेकपा सांसद पक्राउ

    ‘बलात्कार’ आरोपमा नेकपा सांसद पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडाैँ । नेकपाका प्रदेश सांसद बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्रदेश सांसद अक्कल रावल बलात्कारको आरोपमा कैलालीबाट पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले ‘बलात्कार’ गरेको भन्दै दिएकाे उजुरीकाे आधारमा पक्राउ परेका हुन्। रावलविरूद्द प्रहरीले पुर्जी जारी गरेकाे थियो । पक्राउ पुर्जी काटेपछि उनी बुधबार प्रहरीमा उपस्थित भएका थिए ।



    उपस्थित भएका सांसद रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । सांसद रावलको भनाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, “उहाँले ममाथि लगाइएको आरोप निराधार हो । म मुद्दा फेस गर्छु भएकाे छ ।”

    अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा बामगठबन्धनको तर्फबाट तत्कालीन नेकपा माओवादी केन्द्रका रावल निर्वाचित प्रदेश सांसद हुन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार