Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • प्रधानमन्त्री ओलीकाे मर्गौला प्रत्यारोपणपछि आईसीयूमा सारियो

    प्रधानमन्त्री ओलीकाे मर्गौला प्रत्यारोपणपछि आईसीयूमा सारियो

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।

    प्रत्यारोपण सफल भएसँगै उनलाई अहिले आईसीयूमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।



    बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको छ ।

    ‘प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ’, ती चिकित्सकले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेको छ। प्रधानमन्त्रीले पिशाव पनि फेर्नुभएको छ।’

    प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्‍त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। प्रधानमन्‍त्रीको तस्बिर अंकित प्लेकार्ड प्रदर्शन गरिएका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार