Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल

    प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 5.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण गरिएको छ । डा. प्रेमराज ज्ञवालीका अनुसार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफलतापूर्वक गरिएको हो ।

    मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई आज बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । उनलाई ‘भान्जी’ नातापर्ने समीक्षा संग्रौलाले मृगौला दिएकी हुन् ।



    प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।



    ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार