Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रतिनिधिसभामा ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित

    प्रतिनिधिसभामा ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । दोस्रो पटक मृगौलाको प्रत्यारोण गरिरहेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो ।

    बैठकले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोण कार्य सफलताका साथ सम्पन्न होस् भन्ने कामना समेत गरेको छ । बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ । सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यरोपण गरिँदैछ।



    दुवै मिर्गौला फेल भएपछि ०६४ सालमा भारतको एपोले अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको मीर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका यूरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार